देभभरि संक्रमण दर घट्दा १० जिल्लामा किन बढ्यो?

 

 

 

पछिल्लो १४ दिनमा १० जिल्लामा कोरोना संक्रमण बढ्दै गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, रोल्पा, हुम्ला, रुकुम (पश्चिम) , दैलेख, डोटी र बाजुरामा संक्रमण बढ्दै गएको छ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार अन्य जिल्लाहरुमा भने संक्रमण दर क्रमशः घट्दो क्रममा छ।
असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन्।

जनस्वास्थ्यविद् डा. अर्चना श्रेष्ठ उच्च पहाडी भेगमा देखिएको बढ्दो क्रमको सङ्केत त्यहाँ प्रकोप नै ढिलो सुरु भएको समेत हुनसक्ने बताउँछिन्।

केही जिल्लामा सङ्क्रमण बढ्दो क्रममा रहनु र सङ्क्रमित पहिचान दर समेत २० प्रतिशत हाराहारीमा उच्च रहनुले अवस्था सहज हुन अझै केही साता लाग्ने जनस्वास्थ्य विज्ञ बताउँछन्।

सङ्क्रमितहरू पत्ता लाग्ने दर पाँच प्रतिशतभन्दा कम भएमा प्रकोपलाई नियन्त्रणमा राख्न सकिने अवस्थाको रूपमा बुझिने उनी बताउँछिन्।

‘देशैभर एकैपटक समान प्रवृत्ति देखा पर्छ नै भन्ने हुँदैन,’ श्रेष्ठ भन्छिन्, ‘पहिले पनि भारतमा प्रकोप देखा परेको महिनादिनमा काठमाडौंमा ह्वात्त्तै सङ्क्रमित देखिन र त्यसको केही सातामा गाउँमा कोभिड बिरामी बढ्ने क्रम देखिएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय