निजी लगानीमा जनकपुरमा अक्सिजन प्लान्ट सञ्चालन

हेल्थपोस्ट नेपाल

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। निजी लगानीमा स्थापना गरिएको जनकपुर–२३ स्थित अक्सिजन प्लान्ट बुधबारदेखि सञ्चालनमा आएको हो।

मुख्यमन्त्री लालबाबु राउतले नवनिर्मित अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गरे।

प्लान्ट उद्घाटन गर्दै राउतले कोरोना महामारीसँग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरू गरेकामा उद्योग सञ्चालकहरूलाई धन्यवाद दिएका थिए।

प्लान्ट सञ्चालनमा आइसकेपछि जनकपुर क्षेत्रमा अब अक्सिजन अभाव नहुने राउतले विश्वास व्यक्त गरेका छन्।

७ करोडको लगानीमा सुरू गरिएको उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने सञ्चालकले जनाएका छन्।

एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, मुख्यन्यायाधीवक्ता दीपेन्द्र झालगायतको उपस्थिति थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *