पेट्रोलियम ट्यांकर चालक र सहचालकलाई खोप लगाउने सहमति

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालक र सहचालकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने सहमति भएको छ।

नेपाल आयल निगम व्यवस्थापन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको भएको छलफलबाट ट्यांकर चालक र सहचाकलाई खोप लगाउने सहमति भएको हो।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगमबाट जारी परिचयपत्रका आधारमा थानकोटस्थित निगमको प्रादेशिक कार्यालयबाट सञ्चालित ट्यांकर चालक र सहचालकलाई खोप लगाउने सहमति भएको हो।

खोप लगाउने सहमति भएपछि पेट्रोलियम चालक संघले रोकेको लोड अनलोड तथा विक्री वितरण बन्दको कार्यक्रम फिर्ता भएको निगमले जनाएको छ।

निगमका अनुसार सरकारको खोप कार्यक्रमअन्तर्गत प्रदेश १ विराटनगरस्थित कार्यालय, भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालय, इन्धन डिपो नेपालगन्ज र चारआली शाखा कार्यालयमा ट्यांकर चालक र सहचालकलाई खोप लगाउने काम पूरा भइसकेको छ।

हाल निगमका जनकपुर, पोखरा र अमलेखगन्ज डिपोमा खोप कार्यक्रम चलिरहेको छ। निगममा आबद्ध एलपी ग्यास उद्योगी, ग्यास विक्रेता, पेट्रोलियम व्यवसायी, कर्मचारी तथा मजदुरलाई क्रमैसँग खोप लगाउने सहमति भएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय