बुधबार थपिए २ हजार ८ सय २८ संक्रमित, ५२ को निधन

पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २२ जनामा गरिएको परीक्षणमा २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन्।

बुधबार देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। यो सँगै नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घन्टामा ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय