खोपको बारेमा अफवाह फैलाएको भन्दै चिकित्सक विरुद्ध उजुरी, काउन्सिलले छानबिन गर्दै

केही दिन अघि नेपालमा कोरोना खोप लगाएका व्यक्तिको शरीरमा फलामका धातु टाँसिन्छ भनेर देखाइएको भिडियो सामाजिक सञ्जालभरि भाइरल भयो।

उक्त भिडियो स्वयम डा. मनिस प्रधानाङ्गले बनाएका थिए।

डा. इवामुरा मेमोरियल अस्पताल, सल्लाघारीमा कार्यरत प्रधानाङ्गले आफन्तको शरीरमा फलाम टासिँएको भिडियो सार्वजानिक गरेका थिए।

उक्त भिडियोले गलत सूचना प्रवाह गरेको र चिकित्सक आफैले कारोना विरुद्ध अफवाह फैलाएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता भएको छ।

मानिसहरु कोरोनाको खोप लगाउन डराइरहेको समयमा झन यस्ता समाचारले शंका तथा डर उत्पन्न गरेको भन्दै रेजिना श्रेष्ठले प्रधानाङ्ग विरुद्ध उजुरी दर्ता गराएकी हुन्।

सामाजिक सञ्जालमा काउन्सिलमा नाम दर्ता भएकै चिकित्सकले नै अफवाह फैलाएको भन्दै उनलाई कारबार्हीको पनि माग गरिएको छ।

उनले उजुरी पत्रमा लेखेकी छिन, ‘डाक्टर आफैले खोप लगाउनुपर्छ भनेर अरुलाई सल्लाह दिँदै गर्दा उक्त भिडियोबाट भने त्रास फैलाउने काम गरिरहेका छन्।’

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले उजुरीलाई मध्यनजर गर्दै इथिकल कमिटिमा पठाइएको बताए।

‘इथिकल कमिटिको बैठकले निर्णय गरेपछि मात्र सजाय हुने वा नहुने निर्णय हुन्छ,’ उनले हेल्थपोस्टसँग भने।

के साँच्चै टाँसिन्छ कोरोना खोप लगाएका मानिसमा फलाम?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय