चरिकोट अस्पताललाई ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ नामकरण गरिने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार २ गते १२:४६

बागमती प्रदेश सरकारले दोलखाको चरिकोट अस्पताललाई ‘पशुपति चौलागाईं स्मृति अस्पताल’ नामकरण गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले केही समय कोभिड संक्रमणबाट ज्यान गुमाएका प्रदेशसभा सदस्य चौलागाईंकाे स्मृतिमा अस्पतालको नामकरण गरिने बताए।

दोलखा घर भएका चौलागाईं एमालेका युवा नेताका रुपमा पनि परिचित थिए। प्रदेश सरकारले उनकाे स्मृतिमा अस्पतालको नामकरण गर्दै अस्पताललाई सेवा सुविधासम्पन्न आवश्यक बजेट व्यवस्था गरेको जनाएको छ।

यसबाहेक सरकारले उक्त अस्पताललाई प्रदेश अस्पतालका रुपमा स्तरोन्नति गरिने समेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय