नेपाल रेडियोलोजिस्ट एसोसियसनद्धारा ‘कोभिड–१९ को चेस्ट इमेजिङ’ सेमिनार कार्यक्रम सम्पन्न

नेपाल रेडियोलोजिस्ट एसोसियसनले ‘कोभिड–१९ को चेस्ट इमेजिङ’ विषयमा एकदिने जुम सेमिनार कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै एसोसियसनका नवनियुक्त अध्यक्ष डा. हेन्सन खड्काले नेपाल रेडियोलोजिस्ट एसोसियसनको पहलमा आयोजना गरिएको यस्तो किसिमको कार्यक्रमबाट नेपालका सम्पूर्ण रेडियोलोजिस्टहरू लगायत रेडियोलोजिका समस्त आवासिय चिकित्सक प्रत्यक्ष लाभान्वित हुने र निकट भविष्यमा पनि यस संस्थाबाट यस्ता कार्यक्रमको आयोजना गरिने बताए।

पुर्वाञ्चलका तीनवटै मेडिकल कलेजबाट एक–एक जना वक्ताले प्रतिनिधित्व गरेका थिए।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रठिस्थानका प्रोफेसर डा. करुण देवकोटा, विराट मेडिकल कलेजका प्रोफेसर डा. मनिषराज पाठक र नोबेल मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा. महेश गौतमले आ–आफ्ना घारणा राखेका थिए।

त्यसैगरी, नोबेल मेडिकल कलेजका प्रोफेसर ब्रिगेडियर जनरल हरिकबाल सिंहले आफ्ना भनाईहरू राख्दै नेपाल रेडियोलोजिस्ट एसोसियसनको उच्च प्रसंशा गरेका थिए।

कार्यक्रमको अन्त्यमा यस एसोसियसनका नवनियुक्त महासचिब डा. सुन्दर सुवालले कोरोनाको कारणले बिगत केही समयदेखी अवरुद्ध हुन पुगेको नेपाल रेडियोलोजिस्ट एसोसियसनको एकेडेमिक कार्यक्रमहरु आगामी दिनहरुमा भर्चुवल माध्यमबाटै भएपनी सातै प्रदेशलाई समेटेर निरन्तर संचालन गरिने बताए।

हाल कोभिड –१९ को दोस्रो लहर चलिरहेको बेला यसको निदानको लागि छातीको सिटी स्क्यानको अत्याधिक प्रयोग भैइरहेको यसको औचित्य पुष्टी गर्दै यस सम्बन्धि गहन जानकारी दिने उद्देश्यले संचालन गरिएको यस कार्यक्रमलाई यनआरएका सदस्य डा. तेजेन्द्र कार्कीले संयोजन गरेका थिए।

नेपालभरीका अधिकांश रेडियोलोजिस्ट र रेडियोलोजिका आवासिय चिकित्सक गरेर २०४ जनाको उत्साहजनक सहभागिता थियो।

नेपालका सम्पूर्ण रेडियोलोजिस्टहरुको एउटै छाता संगठनको रुपमा रहेको नेपाल रेडियोलोजिस्ट एसोसियसनले समस्त रेडियोलोजिस्टहरुको हक, हित र अधिकारको निरन्तर सुनिश्चितता गर्दै आएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय