अस्पताल आएका बिरामी सेवाबाट वञ्चित छैनन् : स्टार अस्पताल

ललितपुर सानेपास्थित स्टार अस्पतालले सबै सेवा सञ्चालनमा रहेको जनाकारी दिएको छ।

कोरोना महामारीमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै आएको अस्पतालको दाबी छ।

अस्पतालले एक सूचना जारी गर्दै महामारीको दोस्रो लहरमा संक्रमितलाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले अन्तरगं( आई.पि.डी) र बहिरंग (ओ.पि.डी) मार्फत सेवा निरन्तर दिइरहेको जनाएको छ।

अस्पताल प्रशासन अनुसार कुनै पनि बिरामी सेवाबाट बञ्चित हुन परेको छैन।

‘कोरोना संक्रमित बिरामी मात्र नभएर अन्य रोगका बिरामीहरू पनि नियमित स्वास्थ्य जाँच गर्ने, शल्यक्रिया र गम्भीर प्रकृतिका विरामीलाई सधन उपचार कक्षमा भर्ना गरिहेको छौं,’ सूचनामा भनिएको छ।

पछिल्लो समय नन कोभिडका बिरामीको भर्ना हुने संख्या बढिरहेको अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनको अनुसार विहान ८ देखि बेलुकी ८ बजेसम्म ओ.पि.डी र २४ घन्टा अन्य सम्पूर्ण सेवा सञ्चालनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय