आजपनि भारी वर्षाको सम्भावना, कहिले सम्म हुन्छ वर्षा ?

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

देशभरी मनसुनी वायुको प्रभाव रहेको भन्दै महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा जारी रहेको बताएको छ।

महाशाखाले आनपनि देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेको बताएको छ। कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने

लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा अधिक भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही स्थानहरुमा भारी र थोरै स्थानमा धेरै भारी वर्षासमेत भइरहेको छ।

उक्त प्रणालीका कारण अझै ४/५ दिन देशभर असर रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय