अति गरिब विरामीलाई औषधी उपचारका लागि मासिक रु ४००० दिने गण्डकी प्रदेशको निर्णय

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार १ गते १७:१०


गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले प्रदेशको बजेट भाषण गरिरहेका छन्।

गण्डकी प्रदेशले कोरोना संक्रमणको रोकथाम, उपचारको लागि बजेट बिनियोजन गरिएको छ।

स्वास्थ्य संस्थाको क्षमता विकास, पुर्वाधार, सेवा प्रवाह सुधारका निम्ती आवश्यक बजेट बिनियोजन गरिएको छ।

संक्रामक तथा सरुवा रोगका लागि सुविधा सम्पन्न भवन निर्माण गरिने छ।

स्तन क्यान्सर, पाठेघर, र सर्भाइकल क्यानसरको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने, दुर्गम क्षेत्रमा रहेका गम्भीर अवस्थामा रहेका गर्भवती महिला, सुत्केरी महिला तथा नवजात शिशुहरुको उद्धार गरी एयरलिफटिङ गरी अस्पताल पु¥याउने निर्णय गरेको छ।

शिशु, अपाङगता, किशोरी गर्भवतीको पोषण सुधारका बहुउद्धेशिय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिन लागि १ करोड ५० लाख छुट्याइएको छ।

सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरी अस्पताललाई २०० शैयामा स्तरउन्नोतीमा लैजाने।

प्रदेश सरकारको श्रोतबाट सबै जिल्ला अस्पतालमा २ देखि ४ शैयाको सघन उपचारको कार्यकक्ष निर्माणका लागि बजे विनियोजन गरिएको छ।

५० शैया भएका अस्पतालमा आँखा उपचार, मृगौला डाइलासिस, जेष्ठ नागरिक उपचार सेवालाई कार्यक्रमलाई निरन्तरता दिइएको छ।

क्यान्सर, मुटुरोग, मृगौला विरमी सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किनसन, अल्जाइमर भएका अति गरिब विरामीलाई औषधी उपचारका लागि मासिक रु ४००० दिने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय