कोभिड–१९ को चेस्ट इमेजिङ विषयक सेमिनार सम्पन्न

हेल्थपोस्ट नेपाल

कोभिड–१९ को चेस्ट इमेजिङ विषयमा नेपाल रेडियोलोजिस्ट एसोसियसनले जूम सेमिनार सम्पन्न गरेको छ।
नेपालका सम्पूर्ण रेडियोलोजिस्टहरु लगायत रेडियोलोजिका समस्त आवाशिय चिकित्सकहरु प्रत्यक्ष लाभान्वित हुने र निकट भविष्यमा पनि

यस संस्थाबाट यस्ता कार्यक्रमको आयोजना गरिने एसोसियसनका नवनियुक्त अध्यक्ष डा. हेन्सन खड्काले बताए।
कार्यक्रममा बी पी कोइराला स्वास्थ्य विज्ञान प्रठिस्थानका असिस्टेण्ट प्रोफेसर डा. करुण देवकोटा, बिराट मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा. मनिषराज पाठक तथा नोबेल मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा. महेश गौतमले आफ्नो धारण व्यक्ति गरेका थिए।

हाल कोभिड –१९ को दोस्रो लहर चलिरहेको बेला यसको निदानको लागि छातीको सिटी स्क्यानको अत्याधिक प्रयोग भैरहेकोले यसको औचित्य पुस्टी गर्दै यस सम्बन्धि गहन जानकारी दिने उद्देश्यले संचालन गरिएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *