एमबिबिएस सिट निर्धारणमा आयोग उदार, १७ मेडिकल कलेजलाई शतप्रतिशत सिट

हेल्थपोस्ट नेपाल

चिकित्साशिक्षा अन्तर्गत विभिन्न मेडिकल, डेन्टल तथा नर्सिङलगायतका कलेजका लागि चालु शैक्षिक वर्षका लागि सिट निर्धारण भएको छ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार सम्पन्न बैठकले आयोगको कार्यकारी परिषद्को सिफारिस अनुसार सिट निर्धारण गरेको हो ।

एमबिबिएस र बिडिएस पढाई हुने २२ मेडिकल कलेजका लागि एमबिबिएस तर्फ १८३५ सिट र बिडिएस तर्फ ५५५ सिट तोकिएको छ ।

एमबिबिएस तहको पढाई गर्न अनुमति प्राप्त २० मेडिकल कलेजमध्ये १७ वटाले ऐनले तोक्न मिल्ने अधिकतम अर्थात शतप्रतिशत सिट पाएका छन्।

सिट निर्धारणमा यो तहको उदारता देखिएको पहिलोपटक हो। जम्मा तीन वटा मेडिकल कलेजले मात्र पूर्ण सिट पाएनन्।

आयोगले पहिलोपटक एक दशकअघि स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २० सिट दिएको छ भने, स्थापनाको साडे ४ दशकपछि आइओएमले १०० सिट पाएको छ।

चिकित्साशिक्षा ऐनअनुसार एक शैक्षिक वर्षमा बढीमा १०० सिट पाउँने व्यवस्थाअनुसार अधिकांश मेडिकल कलेजले एमबिबिएस तर्फ यही संख्यामा सिट पाएका हुन्।

अघिल्ला वर्षहरुमा कलेजका भौतिक एवं प्राज्ञिक पूर्वाधारका आधारमा केही ठूला र चलेका कलेजबाहेकमा सिट संख्या तलमाथि हुने गर्थ्र्यो।

आयोगका अनुसार एमबिबिएस तर्फ १०० सिट पाउँनेमा महाराजगञ्ज चिकित्सा क्याक्पस, आइओएम, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज भैरहवा, कलेजअफ मेडिकल

साइन्जेस भरतपुर, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, विराट मेडिकल कलेज, नेपाली सैनिक इन्टिच्युट अफ हेल्थसाइन्स, नेपालगञ्ज मेडिकल कलेज छन्।

त्यसैगरी एमबिबिएस तर्फ लुम्बिनी मेडिकल कलेज पाल्पा, गण्डकी मेडिकल कलेज पोखरा, मणिपाल मेडिकल कलेज पोखरा, किष्ट मेडिकल कलेज काठमाडौ, केयु मेडिकल स्कूल अफ मेडिकल साइन्स धुलिखेल, काठमाडौं मेडिकल कलेज, सिनामंगलले पनि १०० सिट पाएका छन्।

पूर्वाधारका आधारमा कम्जोर मानिएका गण्डकी मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा किस्ट मेडिकल कलेजको पनि शतप्रतिशत सिट पाएका छन्।

एमबिबिएस पढाई हुने र सयभन्द कम सिट पाउँने मेडिकल कलेजको संख्या २ मात्रै छ। जसमा पाटन एकेडमी अफ हेल्थ साइन्सले ६५ र जानकी मेडिकल कलेज ५० र पहिलोपटक पाएको कर्णाली २० छ।

चिकित्साशिक्षा ऐन जारी हुनअघिसम्म सम्बन्धित विश्वविद्यालयले सिफारिसका आधारमा नेपाल मेडिकल काउन्सिलले सिट तोक्ने गरेकोमा यसपटक चिकित्सा शिक्षा आयोगले तोकेको हो ।

डेन्टल तर्फ
त्यसैगरी डेन्टल तर्फ पनि अधिकतम ५० सिट तोक्ने नियम रहेकोमा अधिकांश कलेजले पूर्ण सिट पाएका छन्।

जसमा नोवलले ३०, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ५०, नेशनल मेडिकल कलेज २५ सिट, कलेज अफ मेडिकल साइन्सेज ४० सिट, चितवन मेडिकल कलेज ४० सिट, नेपाल मेडिकल कलेज ४०, महाराजगन्ज मेडिकल क्याम्पस २५ सिट, पिपुल डेन्टल कलेज ५० सिट, कान्तिपुर डेन्टल कलेज ५० सिट, केयु स्कुल अफ मेडिकल साइन्सेज ५० सिट १०० सिट, किष्ट मेडिकल कलेज ४० सिट, गण्डकी मेडिकल कलेज २५ सिट, युनिभर्सल मेडिकल कलेज ५० सिट, काठमाडौं मेडिकल कलेज ४० सिट पाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *