सरकारले भन्यो – खोप अनियमिता गर्नेमाथि कारबार्ही गछौं

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अनियमिता गर्नेमाथि कारबार्ही गर्ने जनाएको छ।

मन्त्रालयको प्रेस विफ्रिङमा डा. झलक शर्मा गौतमले लक्षित समूहभन्दा बाहिर गएर खोपको अनियमिता गर्ने जो–कोही कारबार्हीको दायारामा पर्ने बताएका हुन्।

‘धेरै स्थानहरू खोपको अनियमता भएको सञ्चार माध्यममा आइरहेको छ। लक्षित समूहभन्दा बाहिर गएर चिनजानको भरमा खोप दिन पाइदैंन। छानबीनको क्रममा पुष्टि भएमा कारबार्ही हुन्छ,’ डा. गौतमले भने।

सरकारले कोरोना खोप प्रदेश, जिल्ला तथा स्थानीय पालिकामा वितरण गरेको छ।

कोरोना खोप कार्यक्रम सञ्चालन गर्न विभिन्न तह अनुसार अनुगमन समिति बनेको डा. गौतमले जानकारी दिए।

उनका अनुसार जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी र पालिकामा मेयरहरूको अध्यक्षतामा खोप अनुगमन समिती बनाइएको छ।

‘जुन मापदण्ड तथा नितिसँग मात्रै मेल खाने गरी जिल्ला तथा पालिका समितिले कार्यावन्यन गर्नुपर्छ। चिनजान तथा दबाबको भरमा मापदण्ड तोड्नु हुँदैन,’ डा. गौतमले भने, ‘ खोपमा अनियमिता भएको छ भने अनुगमन समितिकाे छानबीन भित्र पर्छन।’



One thought on “सरकारले भन्यो – खोप अनियमिता गर्नेमाथि कारबार्ही गछौं

  1. अनियमितता गर्ने र गराउनेलाई नियम सम्मत तुरुन्तै कार्वाहीको माग गर्दछु ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *