पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

हेल्थपोस्ट नेपाल

फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ ।

‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं ।

फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनको सहयोग निरन्तर रहनेछ’, फाउण्डेसनका संयोजक नकुल अर्यालले भने ।

फाउण्डेसनले काठमाडौंमा सक्रिय झण्डै ३ सय पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनेछ ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा उपस्थित पत्रकारहरुले नियिमत रिपोर्टिङमा खटिने पत्रकारलाई सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद ज्ञापन गरे ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *