कोरोना संक्रमण ह्वातै घट्यो, आइतबार २ हजार ४०७ जनामा पुष्टि
पछिल्लो २४ घन्टामा २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ हजार ४०६ नमुना परीक्षण गर्दा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार काठमाडौं उपत्यकामा ६सय ५३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ९८, लतिलपुर ११२ र काठमाडौंमा ४८३ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ ८५ पुगेको छ।
आज देशभर ६८ हजार ९ ५५ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६४ हजार ७ सय ४४ जना होम आइसोलनेसनमा छ भने ५ हजार २ ११ संस्थागत आइसोलेसनमा छन्।
गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।