काठमाडौं उपत्यकाको निषेधाज्ञा १ साता थप, यी क्षेत्र भयो खुकुलो

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप हुने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण अझै नभएको भन्दै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

जारी निषेधाज्ञा सोमबार रातिबाट सकिँदैछ। बैठक जारी निषेधाज्ञाका केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्ने निष्कर्षमा पुगेको हो।

बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी संचालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा विहान ११ बजेसम्म खोल्न पाइने भएको छ। यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्ममात्र खोल्न दिइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *