‘भोककै कारण ३३ हजार बालबालिकाले गुमाउनसक्छन ज्यान’

हेल्थपोस्ट नेपाल
संयुक्त राष्ट्रसंघले भोक र कुपोषणका कारण ३३ हजार बालबालिकाले ज्यान गुमाउनसक्ने बताएको छ।

राष्ट्रसंघको बालबालिकासम्बन्धी काम गर्ने संस्था युनिसेफले त्यस क्षेत्रमा सरकारी र विद्रोही पक्षबीच जारी द्वन्द्वका कारण ठूलो संख्यामा बालबालिकाले ज्यान गुमाउनसक्ने चेतावनी दिएको हो।

नोभेम्बर २०२० यता जारी द्वन्द्वका कारण टिग्रेबाट करिब १७ लाख मानिस विस्थापित भएका छन्।

राष्ट्रसंघको एक अध्ययनले यस क्षेत्रमा रहेका ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा रहेको देखाएको छ। जसमा ३३ हजार बालबालिकाले भोककै कारण ज्यान गुमाउने आशंका व्यक्त गरिएको छ।

यता, इथियोपियाले भने राष्ट्रसंघको यस भनाईलाई खण्डन गरेको छ। उसले उक्त क्षेत्रमा आवश्यक खाद्यान्न र स्वास्थ्य सामाग्री पठाएको दाबी गरिरहेको छ।

युनिसेफले भने अहिले पनि त्यहाँका जनताले भोकको सामना गरिरहेको अवस्था सार्वजनिक गरेको छ। उसले यसको चपेटमा बालबालिका बढी परेका बताएको छ। उसले टिग्रेमा मानवीय मद्दत पुर्याउन सबैमा आग्रहसमेत गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *