विदेश जाँदै हुनुहुन्छ? यी ल्याबमा मात्रै हुन्छ पिसिआर परीक्षण

हेल्थपोस्ट नेपाल

सरकारले विदेश जानेहरुका लागि पिसिआर रिपोर्ट अनिवार्य गरेको छ।

पिसिआर परीक्षण गरेर त्यसको ७२ घण्टाभित्रमा विदेश उड्न पाइने सरकारले जनाएको छ।

विदेश जानेहरुले विदेश जान कहाँ गएर पिसिआर परीक्षण गर्ने धेरै मानिसहरू अन्योलमा छन्।

विदेश जानका लागि मन्त्रालयले सबै सरकारी प्रयोगशाला, न्युनतम १०० वेड भएका निजी अस्पताल र ए वर्गका ३० वटा निजी प्रयोगशालामा पिसिआर परीक्षण गरेर विदेश उड्न सक्छन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशगाला( टेकु), पाटन अस्पताल , वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, क्रिस्टल डाइनोस्टिक प्रालि, विध ल्याब लगायतका अस्पताल तथा प्रयोगशालामा विदेश जानेले पिसिआर परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामको प्रयास स्वरूप सरकारले लागु गरेका प्रतिबन्धात्मक नियमबीच नेपालले हाल तीनवटा देशसँग मात्रै हवाई उडानहरू गरिरहेको छ।

टर्कीको इस्तानबुल र काठमाडौं, कतारको दोहा र काठमाडौं अनि भारतको दिल्ली र काठमाडौं सातामा एक–एकवटा उडान हुँदै आएको छ।

टर्की र कतारका लागि यही जून महिनाको प्रारम्भदेखि हवाई उडान सुरु भएको हो भने नेपाल र भारतबीच त्यसभन्दा पहिलेदेखि नै उडान हुँदै आएको छ।

ल्याब थाहा पाउन यहाँ क्लिक गर्नुहोला।



Leave a Reply

Your email address will not be published. Required fields are marked *