भारतमा कोरोना : ७१ दिनयताकै सबैभन्दा कम संक्रमित, बढ्दै ‘रिकभरी रेट’

भारतमा ७१ दिनयताकै सबैभन्दा कम संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ८० हजार ८३४ नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमितको ठिक हुने दैनिक संख्यामा पनि वृद्धि भइरहेको छ। भारतको ‘रिकभरी रेट’ ९५.२६ प्रतिशत पुगेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार १ लाख ३२ हजार ६२ संक्रमित ठीक भएका छन्। सोही समयमा ३ हजार ३०३ संक्रमितले ज्यान गुमाएका छन्।

योसँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ। निको हुनेको संख्या २ करोड ८० लाख ४३ हजार ४४६ पुगेको छ। मृतकको कूल संख्या ३ लाख ७० हजार ३८४ पुगेको छ। संक्रिय संक्रमितको संख्या १० लाख २६ हजार १५९ रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय