घरायसी विवादमा श्रीमतीमाथि एसिड प्रहार

हेल्थपोस्ट नेपाल

रौतहटमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन्। घरायसी विवादमा एसिड प्रहार गरिएको प्रहरीले जनाएको छ। रौतहटको चन्द्रपुर नगरपापिलका-४ की ३८ वर्षीया दिपिका विकलाई उनका ४२ वर्षीय श्रीमान दिपक विकले एसिड प्रहार गरेका हुन्।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको शरीरको करिब १८ प्रतिशत भाग जलेको छ। उनको देब्रे हात र पेट जलेको छ।

श्रीमानले दिपिकालाई कुट्दा विवाद भएको थियो। विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा बोतलमा ल्याएको एसिड छ्यापेका थिए। प्रहरीले दिपकलाई पक्राउ गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *