शनिबार ७१ हजार ३०१ सक्रिय संक्रमित, ६१ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ हजार ४ सय ९४ नुमना परीक्षणमा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

यस अवधिमा ६१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

यो सँगै नेपालमा संक्रमणबाट ८ हजार ३ सय ६६ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ।

शनिबार देशभर ७१ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्।

गत २४ घन्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै ५ लाख २७ हजार १ सय ११ जनाले संक्रमण जितेका छन्।

आज ५५२ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *