विज्ञ भन्छन् – दोस्रो डोज ढिला लगाउँदा संक्रमणको खतरा बढ्छ

हेल्थपोस्ट नेपाल

अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना खोपका दुई डोजबीच अन्तर बढाउँदा संक्रमणको खतरा बढ्न सक्ने चेतावनी दिएका छन्।

भारतीय सरकारले कोभिशिल्डका दुई डोजबीचको अन्तर बढाएर १२ देखि १६ हप्ताको बनाएपछि फाउचीले यस्तो बताएका हुन्। सुरुमा खोपको अन्तर ६ देखि ८ सातासम्म बनाइएको थियो । पछि यसलाई बढाएर ६ देखि ८ हप्ताको बनाइयो। त्यसपछि पनि खोप उपलब्ध हुन समस्या भएपछि १२ देखि १६ हप्ताको बनाइएको थियो।

डा फाउचीले दुई डोजबीचको अन्तर बढाउनुको साटो निर्धारित समयमै लगाउनुपर्ने बताए। उनले भारतमा देखिएको भेरियन्ट डेल्टालाई परास्त गर्न चाँडो खोप लगाउनुपर्ने औंल्याए।

डेल्टा भेरियन्ट सुरुमा भारतमा देखिएको थियो। तर दक्षिण एशिया तथा दक्षिणपूर्वीमा यही भेरियन्ट नै महामारीको कारण बनेको पाइएको छ।

अमेरिकी विज्ञका अनुसार खोप नलगाएका व्यक्तिमा डेल्टा भेरियन्टको संक्रमण देखिएमा यो तीव्र रुपमा हावामा फैलन्छ । बेलायतमा यस्ता उदाहरणहरु देखिएका छन्। यो भेरियन्ट हावामा फैलने सम्भावना ९० प्रतिशत हुने बताइन्छ। कोरोनाको अर्को लहरबाट बच्न पनि चाँडो खोप लगाउनुपर्ने आवश्यकता पनि डा फाउचीले औंल्याए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *