काठमाडौंबाट गायब भएको १४ हजार खोपबारे विभागको अनुसन्धान– ‘पुष्टि भए कारबाही हुन्छ’

फाइल फोटो

काठमाडौं जिल्लामा भएको खोप अनियमिताबारे स्वास्थ्य सेवा विभागले चासो देखाएको छ।

विभिन्न सञ्चारमाध्यममा खोप अनियमिता भएको समाचार प्रकाशित भएसँगै अनुसन्धानको काम थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले खोपको अनियमिता भएको पुष्टि भएमा कानुन अनुसार कारबार्ही गरिने बताए।

विभागबाट लक्षित समूहको आधारमा ६० देखि ६४ बर्ष उमेरका जेष्ठ नागरिकलाई काठमाडौं स्वास्थ्य कार्यलयलाई ६४ हजार डोज खोप उपलब्ध गराएको थियो। तर, काठमाडौं स्वास्थ्य कार्यालयका कर्मचारी तथा तथा स्थानीय जनप्रतिनिधिले खोपमा अनियमितता गरेका थिए।

खोप अभाव भएको कारण देखाउँदै महानगर तथा नगरपालिकाले कार्यक्रम बन्द भएको सूचना जारी गरेका थिए।

स्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकमा जम्मा ४६ हजार डोजमात्रै खोप लगाइएको छ। यो कार्यलयसँग भएको ६४ हजार डोजमध्ये अब ४ हजारमात्रै मौज्जाद छ।

तर, बाँकी १४ हजार डोज खोप कहाँ–कसलाई लगाइयो भन्ने कुनै तथ्याङ्कस्वास्थ्य कार्यालयसँग छैन।

‘सञ्चार माध्यममा खोपमा अनियमितता भएको भन्ने सुनिएको छ,’ डा. पोखरेलले भने, ‘छानबिन भएर पुष्टि भएको खण्डमा कानुन अनुसार कारबाही हुन्छ।’

उनका अनुसार कुनै कर्मचारीले मर्यादा भन्दा बाहिर गएर काम गरेको रहेछ भन्ने स्थानीय तहले नै कारबाही गर्नेछन्।

‘खोप कार्यक्रम सबै स्थानीय तहमा गइसकेको छ। कसले गल्ती गरेको हो। त्यसको छानबिन भएर सम्बिन्धत निकायले कारबार्ही गनेछ,’ उनले भने।

‘सबै ठाउँको जानकारी लिन्छौं। यसरी खोपको दुरूपयोग गर्न पाइँदैन। जानी–जानी तोकिएको भन्दा बाहिर गएर खोप लगाएको रहेछ भन्ने भएका नियम अनुसार कडा कारबाही हुन्छ,’ डा. पोखरेलले भने।

यसरी खोप जथाभावी बाँडिएर लक्षित वर्गलाई नपुगेपछि काठमाडौं महानगरपालिकाले दुई दिनमै खोप अभियान रोकेको थियो।

कोरोना खोपमा स्वास्थ्य प्रमुख तथा जनप्रतिनिधिको मनपरी, १४ हजार डोज खोप गायब !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय