खेल क्षेत्रमा खोप व्यवस्था गर्न माग

हेल्थपोस्ट नेपाल

नेपाल खेलकुद महासंघ (नेकोस) ले नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेल प्राविधिकहरु तथा समग्र खेलकर्मीका लागि कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।

नेकोसले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाइ खेल क्षेत्रमा संलग्न काठमाडौं उपत्यकाका ५ हजार तथा प्रदेश र अन्य जिल्लामा आवश्यकताअनुसार खोप व्यवस्था गरिदिन माग गरेको हो।

नेकोसका अध्यक्ष रमेश पौडेलको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्रमा आजीवन राष्ट्रिय झण्डालाई पहिलो प्राथमिकतामा राखेर हिँड्ने खेलाडी, खेल प्राविधिक तथा समग्र खेलकर्मीका जीवन रक्षाका लागि नेकोसले समन्वय तथा सहजीकरण गर्ने गरी परिचयपत्रका आधारमा खोप व्यवस्था गरिदिन माग गरिएको उल्लेख छ।

पछिल्लो समय विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको असरबाट नेपाल पनि आक्रान्त बनेको विषम परिस्थितिमा यसको असरबाट हुनसक्ने सम्भावित जोखिम र क्षतिलाई न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यसाथ नेकोसले ‘नेकोसको आह्वान : कोभिड-नो भीड’ भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गरिरहेको जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *