चिकित्सक संघले भन्यो– ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’को कार्यविधि एर्कतर्फी छ, मान्य हुँदैन’

नेपाल चिकित्सक संघले ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’को कार्यविधि एर्कतर्फी रूपमा संशोधन गरेको मान्य नहुने जनाएको छ।

शुक्रबार संघका महासचिव डा. बद्रि रिजालले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघ तथा अन्य संघ संस्थाहरूले दिएको सल्लाह, सुझाव लाई नजरअन्दाज गर्दै आएको कार्यविधि मान्य नहुने जनाएका छन्।

मन्त्रालयले एकतर्फी रूपमा कार्यविधि ल्याई लागू गर्न खोजिएको संघको आरोप छ।

चिकित्सकहरूको मानर्मदन हुने गरी दैनिक जीवन यापन समेत गर्न नसक्ने अवस्थाको कार्यविधि लागू गर्न खोजिएकोमा सो कार्यविधिलाई तुरुन्तै संसोधन गर्न संघले अनुरोध गरेको छ।

उक्त कार्यविधि प्रति चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले असन्तुष्टि देखाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय