उपत्यकामा थप १ हजार १४० संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १ हजार १४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ९२१, भक्तपुरमा ५६ र ललितपुरमा १६३ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ।

मन्त्रालयले अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको छ।

शुक्रबार देशभर ७५ हजार २ सय ७५ जना सक्रिय संक्रमित छन्।

आज ५ हजार २ सय २५ संक्रमण मुक्त भएका छन्।

यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ।

आज देशभर ५ सय ९४ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *