स्वास्थ्य सेवा विभाग भन्यो – स्तरवृद्धिको लागि फाराम भर्नु

स्वास्थ्य सेवा विभागले स्तरवृद्धिको लागि फाराम भर्न अनुरोध गरेको छ।

शुक्रबार विभागले एक सुचना जारी गर्दै २०७८ असार महिनासम्म हुनु पर्नेस्तरवृद्धिको लागि आवश्यक कागजपत्र सहित फाराम भर्न निर्देशन दिएको हो।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिम स्तरबृद्धिको लागि तोकिएको सर्त भएका कर्मचारीले स्वास्थ्य सेवा नेयमावली,२०५५ को नियम ८४(क) बमोजिम २०७८ असार महिनासम्म हुनु पर्ने स्तरवृद्धिका लागि फारामभरी पठाउन कर्मचारीलाई निर्देशन दिएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै कर्मचारीले असार ३१ सम्म फाराम भरिसक्नुपर्ने छ।

उपत्यकाका तिनवटा जिल्लामा कार्यरत कर्मचारीहरूले स्वास्थ्य सेवा विभागमा, स्थानीय तहमा कार्यरतको हकमा सम्बन्धित स्थानीय तहमै भनुपर्र्ने छ।

त्यसैगरी, काठमाडौं उपत्यका बाहिरका प्रदेश तथा संघ अन्तर्गतका कार्यालयमा कार्यरत भए सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यलयमा फाराम भर्नुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय