बिएण्डसीलाई सम्बन्धन दिने विषय आयोगभित्रै विवादमा, प्रक्रिया पुरा गरेर दिने मध्यमार्गी बाटो
विवादित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दवावमा विज्ञहरु सहमत नभएपछि मध्यमार्गी बाटो लिइएको छ।
यद्यपि अधिकांश सदस्य बाहिरिसक्दा पनि शिक्षामन्त्री श्रेष्ठले आयोगका उपाध्यक्षलाई अहिल्यै माइन्युट गर्न दवाव दिइरहेका छन्।
कलेजलाई तत्काल सम्बन्धन दिनुपर्ने भन्दै आफ्नो विचार राखेर प्रधानमन्त्री बाहिरिएपछि शिक्षामन्त्री श्रेष्ठले निरन्तर आजै निर्णय हुनुपर्ने अडान राखेका थिए।
तर, आयोगका केही सदस्यहरुले बिएण्डसीलाई प्रक्रिया पूरा नगरी सम्बन्धन दिने निर्णय गर्दा बाहिर ठूलो विवाद हुनसक्ने भन्दै सचेत गराएका थिए।
ती सदस्यहरुले अदालतमा विचाराधिन विषय भएको, आयोगकै पनि कार्यकारी बोर्डबाट निर्णय नभएको र मनसायपत्रको विवाद कायम रहेको भन्दै यी सबै विषय टुंग्याएर मात्रै सम्बन्धनसम्बन्धी निर्णय लिदाँ राम्रो हुने सुझाब राखेका थिए।
सुरुमा शिक्षामन्त्री श्रेष्ठले ऐनमा बिएण्डसीलाई दिन स्पष्ट बाटो भएको भन्दै अदालतको बाटो समेत पर्खिनु नपर्ने भन्दै आजै निर्णय हुनुपर्ने बारम्बार दबाब दिएका थियो ।
बैठकमा व्यक्त बिचारका आधारमा आजै सम्बन्धनको निर्णय हनभन्दा प्रक्रिया पूरा गरेर दिने भन्ने निर्णय हुनसक्ने एक सदस्यले बताए ।