स्वास्थ्य सेवामा ६२२ कर्मचारीको स्तरवृद्धि , क–कसको भयो ? विवरणसहित

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले विभिन्न तहका ६२२ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ।

विभाग अनुसार ०७७ साल पुस मसान्तसम्म विभागमा दर्ता भइ कागजात पुरा भएका स्वास्थ्यकर्मीमध्ये प्यारामेडिक्स तर्फ चौथोबाट पाँचौमा १२५ जना, पाँचौबाट छैठौंमा ३०८ जना र छैठौबाट सातौंमा १० जना गरी ४४३ जना स्तरवृद्धि भएका छन्।

यस्तै नर्सिङ तर्फ चौथोबाट पाँचौमा ८४ जना, पाँचौबाट छैठौंमा ८९ जना र छैठौंबाट सातौंमा १७९ जना स्तरबृद्धि भएका छन्।

प्यारामेडिक्स र नर्सिङ गरी ६२२ जनाको स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *