सरकारले निषेधाज्ञाको फाइदा उठाए सडकमा आउनुको विकल्प छैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले नै कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गरे नागरिक सडकमा आउनुको विकल्प नभएको बताएका छन्।

आज सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले उक्त कुरा बताएका हुन्।

उनले भनेका छन्, ‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो। तर जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थका लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय