धनुषामा डुबेर पाँच बालिकाको मृत्यु

हेल्थपोस्ट नेपाल

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा खेतमा खनिएको खाल्डोमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ।

मुखियापट्टी मुसहरनिया–६ लक्ष्मीपुरस्थित खेतमा खनिएको खाल्डोमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेको प्रहरीले जनाएको छ। स्थायनीय हुलास यादवको खेतमा नयाँ खनिएको करिब ९ फिट गहिरो पोखरीमा पौडी खेल्न गएको अवस्थामा डुबेर उनीहरूको मृत्यु भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश राणाभाटले ९ देखि १४ वर्ष उमेर समूहका पाँच बालिकाको शव बरामद भएको जनाएका छन्।

घटनास्थलमा डिएसपी नेतृत्वको प्रहरी टोली पुगेकाे छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *