बालबालिकामा देखा पर्ने ‘मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ बारे जानुपर्ने १० लक्षणहरू
‘मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अगं सुनिने समस्या हो।
यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्छ।
यसका १० लक्षणहरू
१. आँखा रातो हुनु
२. सास र्फेन गाहो हुनु
३. घाँटी दुख्नु
४. पेट दुख्नु
५. ज्वरो आउनु
६. पखाला लाग्नु
७. छाला, ओठ वा नङ निलो हुनु
८. शरीरमा डाबर आउनु
९. थकान महसुस हुनु
१०. टाउको दुख्नु
यस्ता लक्षण देखा परे के गर्ने?
यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन। तर, यो कोरोना भाइरस संक्रमित वा संक्रमित सँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ।
त्यसैले यस्तो समस्या आउनै नदिने प्रमुख बच्ने उपाय हो।
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरूलाई तीन दिनसम्म ज्वरो आएमा र माथिका उल्लेखित लक्षण मध्ये कम्तीमा अन्य कुनै दुई वटा लक्षण देखा परेमा तुरून्त अस्पताल लैजानु पर्छ।