नेपालमा कोरोना संक्रमित ६ लाख नाघे, ८ हजार बढिको निधन

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा ६ लाख १ हजार ६ सय ८७ जना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयको अनुसार पछिल्लो विवरण अनुसार ५९ जनाको संक्रमणबाट निधन भएको छ।

हालसम्म कोरोना संक्रमणबाट ८ हजार २ सय २८ जनाले ज्यान गुमाएका छन्।

बिहिबार देशभर ७७ हजार ८ सय ५८ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा ५ हजार २ सय ९३ संक्रमण मुक्त भएका छन्।

यो सँगै संक्रमणमुक्त हुने संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ।

आज ६ सय १६ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *