नर्स दिव्य तिमिल्सिना ५ बर्षदेखि कार्यालयमा अनुपस्थित, ७ दिनभित्र स्पष्टिकरण पेश गर्न मन्त्रालयको निर्देशन

हेल्थपोस्ट नेपाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक दिव्य तिमिल्सिना ५ बर्षदेखि बिदा स्वीकृत नराई अनुपस्थित रहेको पाइएको छ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै उपस्थित नभएको बारे स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।

तिमिल्सिना २०७३ भदौं २९ गतेबाट बिदा स्वीकृत नगराई अनुपस्थित रहेकी छिन्।

कार्यालयमा अनुपस्थित हुनुको कारण, आधार तथा प्रमाण भए सोको समेत संग्लन गरी ७ दिनभित्र स्पष्टीकरण पेश गर्न ले मन्त्रालयले निर्देशन दिएको छ।

 

 



One thought on “नर्स दिव्य तिमिल्सिना ५ बर्षदेखि कार्यालयमा अनुपस्थित, ७ दिनभित्र स्पष्टिकरण पेश गर्न मन्त्रालयको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *