भारतमा कोरोना संक्रमणले अहिलेसम्मकै सबैभन्दा बढि मृत्यु

भारतमा कोरोना महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ।

सन २०१९ को अन्तिमदेखि फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म कुनै पनि देशमा एकैदिन यति धेरै मानिसको मृत्यु भएको छैन।

पछिल्लो चौबीस घण्टामा छ हजार १४८ सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतीय राज्य बिहारका अधिकारीहरूले कोराना संक्रमणबाट मृत्यु हुनेको आँकडा सच्याउँदा बुधबार एकैदिन धेरै मानिसको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा ९४ हजार ५२ जना सङ्क्रमित थपिएका छन। थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ८३ हजार १२१ पुगेको छ ।

चौबीस घण्टामा एक लाख ५१ ह्जार ३६७ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म दुई करोड ७६ लाख ५५ हजार ४९३ सङ्क्रमित निको भएका छन् ।

हाल भारतमा ११ लाख ६७ हजार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ६३० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय