गर्भावस्थामा यौन सम्पर्क कसरी गर्ने ?
महिला गर्भवती हुँदा धेरै कुराको ख्याल राख्नुपर्ने हुन्छ। एक सानो गल्तीले पनि गर्भपात हुने जोखिम बढी हुन्छ। त्यसैले धेरै जोडीहरु गर्भावस्थामा यौन सम्बन्ध बनाउन डराउँछन्।
अध्ययनहरुले के देखाएको छ भने अधिकांश जोडीहरु गर्भ बसेको तीन महिनापछि सम्बन्ध बनाउँदैनन्।
तर, मेडिकल साइन्सले भने यसलाई अस्वीकार गर्छ। चिकित्सकहरुले गर्भावस्थाका दौरानपनि सुरक्षित तरिकाले यौन सम्बन्ध बनाउन मिल्ने बताएका छन्।
गर्भावस्थामा महिलामा शारीरिक र हार्मोनमा थुप्रै परिवर्तनहरु हुने गर्छन्। यस अवस्थामा महिलामा सेक्सको चाहना बढी हुन्छ। चिकित्सकले यस अवस्थामा हुने यौन सम्पर्कले शारीरिक आनन्दमात्र नदिएर भावनात्मक रुपमा पनि एकअर्कालाई नजिक राख्ने बताउँछन्।
चिकित्सकहरु भन्छन् कि गर्भावस्थाको कुनै पनि स्टेजमा यौन सम्पर्क खतरनाक हुँदैन। तर, बढी ब्लिडिङ भए तुरुन्त चिकित्सकको परामार्श लिनुपर्ने हुन्छ।
गर्भावस्थामा यौन सम्बन्ध बनाउँदा केही कुरामा भने अवश्य ख्याल राख्नुपर्ने हुन्छ। जस्तो सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यस्तै कन्डमको प्रयोग गर्न नबिर्सनुस्। यौन सम्पर्क राख्दा आसनमा विशेष ध्यान दिनुस्, पार्टनरलाई सहज हुने आसनमा मात्र सम्बन्ध बनाउनुस्। यसका लागि सबैभन्दा उत्तम आसन महिला पुरुषको माथि हुनु हो।
के हुँदा गर्नुहुँदैन यौन सम्पर्क
-ब्लिडिङ बढी हुँदा
-एमनायटिक फ्लुड लिक हुँदा, जसमा बच्चाको ज्यानमाथि खतरा हुनसक्छ।
-कमजोर गर्भावस्थामा
-पहिले मिसक्यारिज भएको छ भने चिकित्सकको सल्लाहले मात्र यौन सम्बन्ध बनाउनुस्
-गर्भमा जुम्ल्याहा सन्तान छन् भने पनि यौन सम्पर्क नराख्नुस्
गर्भावस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे चिकित्सकले दिएका केही टिप्स यसप्रकार छन् ।
–महिला गर्भवती भएको बेलमा पुरुष र महिला एकै दिशामा फर्केर यौन सम्पर्क गर्यो भने पेटमा भएको बच्चालाई कुनै दबाब नभई यौन सम्पर्क गनै सकिन्छ। र यस आसनबाट पुर्ण रुपमा सन्तुष्टि प्राप्त हुने कुरा विज्ञहरुको छ । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।
–स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन । हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ ।
–महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ । स्वान आसन यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् ।
–गर्भावस्थाको एक उत्तम यौन सम्पर्क विधि भनेको कैंची बसाइको यौन सम्पर्क हो । यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।
–पुरुष तल बसेर र महिला पुरुषको काखमा बसेर गर्ने यौन सम्पर्क पनि गर्भावस्थाको एक सुरक्षित तरिका मानिन्छ । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।
(यौन सम्बन्ध बनाउनुअघि चिकित्सकक सल्लाह एकपटक लिनु राम्रो)