स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ तोला सुन

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनका श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका गरी विभिन्न १४ स्थानमा जग्गा जमिन छन्।

कानुनमन्त्री हुँदा तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सम्पत्ति विवरण सार्वजनिक पहिलो मन्त्री थिए।

कानुनमन्त्री हुँदा काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए।

यसपटक भने मन्त्री तामाङको सम्पत्ति विवरणमा २२ तोला सुनमात्र भएको उल्लेख गरिएको छ।

कानुनमन्त्री छाँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७० लाख रुपैयाँ ऋण रहेको उल्लेख थियो। यसपटक ऋण ३५ लाखमात्र भएको उल्लेख छ।

मन्त्री तामाङले विभन्न कम्पनीका २० लाख शेयर रहेको जनाएका छन्।

यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ।

यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।

स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति विवरण

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय