स्वास्थ्य मन्त्रालयले भन्यो– गाउँ–गाउँमा कोरोना फैलियो

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी दिएको छ।

बुधबार मन्त्रालयको प्रेस विफिङमा प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले गाउँमा संक्रमणले व्यापक रूप लिएको बताए।

नेपालमा हालसम्म पिसिआर तथा एन्टिजेन मार्फत गरिएको परीक्षणमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रवक्ता डा. पौडेलका अनुसार ५ सय भन्दा बढि सक्रिय संक्रमित हुने जिल्ला ४६ छन्।

जसमध्ये काठमाडौं, ललितपुर, मोरङ, भक्तपुर, रूपदेन्ही, झापा, कैलाली, कास्की, काभ्रेपलाञ्चोक र चितवन छन्।

पछिल्ला दुई हप्तामा गाउँ–गाउँमा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुंगा, तेह्थुममा संक्रमण फैलिरहेको छ।

त्यस्तै, प्रदेश २ मा सिराह, बागमति प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पुर्वमा संक्रमण फैलिरहेको प्रवक्ता डा. पौडेलले जानकारी दिए।

लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम परिश्च र सुदरपश्चिमा दार्चुला फैलिएको देखिएको छ।

‘जिल्लागत विवरणलाई हेर्दा गाउँ–गाउँमा संक्रमण फैलिएको देखिन्छ,’ डा. पौडेलले भने।

यो समूहमा गाउँ–गाउँमा संक्रमण फैलिएको पुष्टि हुन्छ।

मन्त्रालयको तथ्यांक अनुसार कुल संक्रमित मध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरूषमा संक्रमण पुष्टि भएको छ।

२१ देखि ५० बर्ष उमेर समूहमा संक्रमणदर उच्च छ।

बुधबार ४ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ।

आज परीक्षण गरिएको मध्ये २८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको देखिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा सबैभन्दा उच्च संक्रमण कर्णाली प्रदेशमा पुष्टि भएको प्रवक्ता डा. पौडेलले बताए।

कर्णाली प्रदेशमा ३ सय ५३ जनामा परीक्षण भएको थियो। जसमध्ये १ सय ५७ जना पोजेटिभ देखिएको थियो। जुन कुल

परीक्षणमध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

यो एकदमै उच्च संक्रमण हो।

कर्णाली प्रदेशको गाउँ–गाउँमा कोरोना भएका बिरामी सूचना प्राप्त भएको छ। कसैमा लक्षण देखिएको छ तुरून्तै परीक्षण गर्नुहोस्,’ डा. पौडेलले भने।

त्यसैगरी, सुदुरपश्चिम प्रदेशमा ६ सय १० नुमना परीक्षण गर्दा २ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *