बुधबार ८० हजार ३३६ सक्रिय संक्रमित, ८१ को निधन

पछिल्लो २४ घन्टा ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार १२ हजार ७४ पिसिआर र ४ हजार ५ सय ६८ नमुना परीक्षण गर्दा ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्मको कुल संक्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला र ६१ दशमलव २ प्रतिशत पुरूष संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हालसम्म २१ देखि ५० उमेर समूहका मानिसमा संक्रमण पुष्टि भएको छ।

बुधबार ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन्।

जसमध्ये ७४ हजार ४ सय ३८ होम आइसोलेसन र ५ हजार ८ सय ९८ संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय १२ जनाको आइसियु र ३७५ भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको अनुसार हालसम्म नेपालमा ८५ दशमलव २ प्रतिशत संक्रमित निको भएका छन्।

बुधबार कोरोना संक्रमणबाट ८१ जनाको निधन भएको छ।

यो सँगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या ८ हजार १ सय ८९ जना पुगेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय