पानीका लागि तड्पँदै साउदी अरब

साउदी अरबमा तेलको चर्चा अक्सर भइरहन्छ। तर, अब पानी अझै महत्वपूर्ण भएको छ। तेलका कारण साउदी अरब धनी मुलुक बन्न सफल भएको छ। तर, पानीको तिर्खा यहाँ लगातार बढिरहेको छ।

सेप्टेम्बर २०११ मा साउदीमा एक खानीसँग सम्बन्धित एक फर्मका उपप्रमुख मोहम्मद हानीले भनेका थिए–यहाँ सुन छ,तर पानी छैन। पानी पनि सुनसरह महंगो भएको छ।

१६ औं शताब्दिका कवि रहिमले साउदी अरबमाथि एक दोहा (कविता पंक्ति) लेखेका थिए–

रहिमन पानी रखिये
बिन पानी सब सून।

साउदी अरब तेल बेचेर मनग्गे धन कमाइरहेको छ। तर, यही कमाइको ठूलो हिस्सा समुद्रको पानी पिउन लायक बनाउन लगाइरहेको छ। यहाँ न नदी छ, न पोखरी। पोखरी त छन्, तर पानीविनाका। पानीका ठाउँमा तेल छन्। पानीका पोखरी पनि सुकिसकेका छन्।

२०११ मा साउदीका तत्कालीन पानी तथा बिजुलीमन्त्रीले भनेका थिए–साउदीमा पानीको माग हरेक वर्ष ७ प्रतिशतका दरले बढिरहेको छ र आगामी एक दशकमा यसका लागि १३३ अर्ब डलर लगानीको खाँचो छ।

साउदी अरब सालीन (खारा) वाटर कन्भर्जन कर्प (एसडब्लुसीसी) हरेक दिन ३०.३६ लाख क्युबिक मिटर समुद्रको पानीबाट नुन अलग गरेर पिउन लायक बनाउँछ। यो सन् २००९ को आँकडा हो। यो तथ्यांक दिनहुँ बढ्दैछ। यसको दैनिक खर्च ८०.६ रियाल पर्छ। त्यतिबेला एक क्युबिक मिटर पानीबाट नुन अलग गर्न २.५७ रियाल पर्थ्यो। यसका साथै ढुवानी खर्च १.१२ रियाल प्रतिक्युबिक मिटर पर्छ।

साउदीले २०१५ मै पानीको व्यावसायिक प्रयोगको कर बढाएको थियो। पानीको दुरुपयोग रोक्न यसो गरिएको थियो।

अनुसन्धानका अनुसार साउदी अरबको भूमिगत पानी आगामी ११ वर्षमा पूर्ण रुपमा समाप्त हुनेछ। साउदी अरबको अरबी अखबार अल–वतनको रिपोर्टअनुसार खाडी देशमा प्रतिव्यक्ति पानीको खपत विश्वमै सबैभन्दा धेरै छ। साउदी अरबमा प्रतिव्यक्ति पानीको प्रयोग दैनिक २६५ लिटर छ, जुन युरोपेली मुलुकमा भन्दा दोब्बर मानिन्छ।

साउदी अरबमा एउटा पनि नदी या ताल छैन। हजारौं वर्षदेखि यहाँका मानिसहरु पानीका लागि कुवामा निर्भर रहँदै आए। तर, बढ्दो जनसंख्याका कारण भूमिगत पानीको दोहन बढ्दै गयो र यसको पूर्ति प्राकृतिक रुपमा हुन पाएन। बिस्तारै कुवाको गहिराई बढ्दै गए र एउटा यस्तो समय आयो सबै कुवा सुके।

साउदी अरबमा कति वर्षा हुन्छ?

साउदी अरबमा ४ वर्ष राजदूत रहेका भारतका तलमीज अहमदका अनुसार त्यहाँ हरेक वर्ष डिसेम्बर र जनवरीमा आँधीका साथ वर्षा हुन्छ। तर, यो एकदुई दिनमात्र हुन्छ। र, यसले जमीनको पानीको तहमा कुनै असर गर्दैन। बरु जोर्डन या सिरियामा वर्षा हुँदा साउदीका नागरिकहरु खुसी हुन्छन्, किनकि त्यहाँ परेको पानीले साउदीको जमीनको पानीको सतहमा फरक पार्छ।

साउदीमा पानीमा कति खर्च हुन्छ?

साउदी अरबमा मिठो पानीको विकराल समस्या छ। सबैभन्दा पहिला साउदीमा भूमिगत पानीको प्रयोग गरियो। तर, यो असफल भयो। साउदीमात्र नभई पूरै मध्यपूर्वमा पानी निकै महंगो छ। पानीकै अभावका कारण साउदी अरबमा सुरु गरिएको गहुँको खेति पनि बन्द गरियो।

सन् २०१० मा विकिलिक्सले अमेरिकाको एक गोप्य दस्तावेज सार्वजनिक गरेको थियो। जसमा भनिएको थियो–राजा अब्दुल्लाले साउदी फुड कम्पनीसँग विदेशमा जमीन खरिद गर्न आग्रह गरेका थिए, ताकि त्यहाँबाट पानी प्राप्त गर्न सकियोस्।

विश्व बैंकको रिपोर्टअनुसार साउदी आफनो कूल गार्हस्थ उत्पादनको २ प्रतिशत पानीको अनुदानका लागि खर्च गर्छ। यसअनुसार सन् २०५० सम्म मध्यपूर्व र उत्तरी अफ्रिकाका देशले आफ्नो जिडिपीको ६ देखि १४ प्रतिशत पानीमा खर्च गर्ने पनि विश्व बैंकले उल्लेख गरेको छ।

मध्यपुर्व र उत्तरी अफ्रिकामा विश्वको ६ प्रतिशत जनसंख्या छ र २ प्रतिशतभन्दा पनि कम पानी छ। जसको प्रयोगपछि पनि पूर्ति गर्न सकियोस्। यो क्षेत्रलाई विश्वकै सबैभन्दा भयावह सुख्खाग्रस्त मानिन्छ। यी मुलुकमा अल्जेरिया, बहराइन, कुवेत, जोर्डन, लिबिया, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, ट्युनिसिया, संयुक्त अरब इमिरेट्स, यमन छन्। यी मुलुकमा औसत पानी १२०० क्युबिक मिटर छ, जबकि विश्वकै औसत पानी ७ हजार क्युबिक मिटरभन्दा ६ गुना कम हो।

मध्यपूर्व र उत्तरी अफ्रिकाका अधिकांश देश पानीको माग पूरा गर्न अक्षम छन्।

नवीकरणीय पानीको ९४३ प्रतिशत प्रयोग गरिसक्यो साउदी अरबले

विश्वबैंकको अध्ययनअनुसार ती क्षेत्रमा डेड सीजति नै पानी समाप्त भइसकेको छ। यो एक खालका रेकर्ड नै हो। खाडी मुलुकमा पानीको प्रयोग त बढिरहेको छ, तर त्यसको भरपाई हुन सकिरहेको छैन।

बहराइनमा उपलब्ध नवीकरणीय पानीको भण्डारबाट २२० प्रतिशत पानी प्रयोग भइसकेको छ। साउदी अरबले ९४३ र कुवेतले २४६५ प्रतिशत बढी प्रयोग गरिसकेका छन्। विगत ३० वर्षमा युएईमा प्रतिवर्ष पानीको सतहमा १ मिटरको गिरावट आइसकेको छ। विश्व बैंकका अनुसार आगामी ५० वर्षमा यस्तो स्रोत पूर्ण रुपमा समाप्त हुनेछ।

मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकमा ८३ प्रतिशत पानी कृषि क्षेत्रमा प्रयोग हुन्छ। साउदीमा १९८० को दशकदेखि हालसम्म कृषिमा जमिनको पानीको दुई तिहाई प्रयोग भइसकेको छ। साउदीमा पानीको स्रोत पूर्ण रुपमा भूमिगत नै हो।

मध्यपूर्व र उत्तरी अफ्रिकामा विश्वको कुल पानीमध्ये एक प्रतिशतमात्र पिउनयोग्य पानी छ। यी क्षेत्रमा मुलुकहरुले आफ्नो क्षमताभन्दा बढी पानीको प्रयोग गरिरहेका छन्।

पानी समाप्त भएपछिको विकल्प के?

समुद्रको पानीबाट नुन अलग गरेर पिउनयोग्य बनाउने विकल्प एउटा हो। यो प्रक्रियालाई डिस्लिनेसन अर्थात् विलवणीकरण भनिन्छ। विश्वभर नै यो एउटा अलग प्रक्रिया हो। विश्व बैंकका अनुसार मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकमा यो प्रक्रियाको क्षमता पूरै विश्वमा भएको प्रक्रियामध्ये आधा हो। विश्वभर १५० मुलुकले समुद्रको पानीबाट नुनलाई अलग गरेर पिउनयोग्य बनाउँछन्।

इन्टरनेशनल डिस्लिनेसन एसोसियसन आइडीएको अनुमानअनुसार विश्वभरमा ३० करोड मानिसहरु दैनिक पानीको आवश्यकता यही प्रक्रियामा निर्भर गरेर पूरा गर्छन्। यद्यपि, यो प्रक्रिया पनि कम जटील छैन। उर्जाको निर्भरता पनि यी क्षेत्रमा डिस्लिनेसन पावर प्लान्टमा निर्भर छ। यसबाट कार्बन उत्सर्जन हुन्छ। यो प्रक्रियामा जीवाश्म इन्धनको प्रयोग हुन्छ। तर, यसले समुद्री वातावरणीय प्रणाीलाई असर पुर्याइरहेको वैज्ञानिकको भनाइ छ।

भारतका पूर्वराजदूत तलमीज अहमदका अनुसार साउदी धनी देश भए पनि खाद्य र पानीको मामलामा पूर्णरुपमा असुरक्षित छ। उनी भन्छन्, ‘साउदी अरब खाद्यपदार्थको पूरै सामान विदेशबाट मगाउँछ। त्यहाँ खजुरबाहेक कुनै पनि अन्न उत्पादन हुँदैन। जमिनको पानी सकिइसकेको छ। हाल भइरहेको डिस्लिनेसन प्रक्रिया पनि कति लामोसमय चल्छ? या कस्तो खालको जटितला आउँछ?’

पानीमा अनुदान दिने मुलुकमा साउदी विश्वमै पहिलो नम्बरमा आउँछ। सन् २०१५ मा साउदीले उद्योग धन्दाम हुने पानीको प्रयोगमा लगाइँदै आएको करलाई प्रतिक्युबिक ४ रियालबाट बढाएर ९ पुर्याएको थियो। तर, घरायसी रुपमा प्रयोग हुने पानीमा अनुदान दिन्छ। यहाँ रुख काट्नु अपराध मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय