निजी अस्पतालले पाए कोरोना खोप लगाउने अनुमति
कोरोना खोप लगाउन भारतले निजी अस्पताललाई अनुमति दिएको छ।
निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने अनुमति भारत सरकारले दिएको हो ।
योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खोप लगाउन पाउने भएका हुन्।
स्वास्थ्य मन्त्रालयले विभिन्न खोप अनुसार त्यसलाई तिर्नुपर्ने शुल्कसमेत निर्धारण गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार निजी अस्पतालले कोभिसिल्ड भ्याक्सिनको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउनेछन्।
त्यसैगरी, निजी अस्पतालले कोभ्याक्सिनको १ हजार ४१० र स्पुतनिक भी भ्याक्सिनको १ हजार १४५ भारतीय रुपैयाँ लिन पाउने गरी स्वास्थ्य
मन्त्रालयले शुल्क तोकेको समाचारमा उल्लेख छ ।
निजी अस्पताललाई खोपको अनुमति दिएसँगै भारतमा खोप अभियान तीव्र हुने बताइएको छ ।
good very good