फाइजरले सुरु गर्दै बालबालिकामा कोरोना भ्याक्सिनको परीक्षण, नतिजा सेप्टेम्बरसम्ममा

विश्वमा अलिलेसम्म कोरोनाविरुद्धका धेरै खोप परीक्षण गरिए र लगाइए पनि। तर, ति खोप वयस्क र किशोरका लागि मात्र स्विकृत भए।

बालबालिकालाई लगाउन निषेध गरियो। अब भने १२ वर्षमूनिका बालबालिका लागि खोपको परीक्षण थालिने भएको छ।

अमेरिकाको फाइजर कम्पनीले चाँडै आफूहरु १२ वर्ष मूनिका बालबालिकामा खोपको परीक्षण गर्न गइरहेको बताएको छ।

उसले पहिलो चरणमा सीमित बालबालिकालाई फाइजरको अलगअलग डोज दिने तयारी पूरा गरेको जनाएको छ।

यसका लागि चार देश-अमेरिका, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा ९० भन्दा बढी क्लिनिकल साइट्समा ४ हजार ५ सय भन्दा बढी बालबालिकाको चयन गरिने भएको छ।

फाइजरले यसै साताबाट ५ देखि ११ वर्षका बालबालिकामा परीक्षण सुरु गर्ने बताएको छ। यो उमेर समूहका बालबालिकालाई १० माइक्रोग्रामको दुई डोज खोप दिने तयारी कम्पनीको छ। जो किशोर र वयस्कलाई दिइने डोजको एक तिहाइ हो।

फाइजरले यसपछि ६ महिनामाथिकालाई पनि खोपको क्लिनिकल ट्रायल गर्ने तयारी गरेको छ। उसले ६ महिनादेखि ५ वर्षसम्मकालाई तीन माइक्रोग्रामको डोज दिने तयारी गरेको छ।

फाइजरका प्रवक्ताले सेप्टेम्बरसम्ममा यसको नतिजा आइपुग्ने बताए।

१२ वर्षभन्दा माथिकालाई भने यसअघि नै कम्पनीले प्रयोगको अनुमति दिइसकेको छ। १२ वर्षमाथिकालाई पनि वयस्कलाई दिइने डोज अर्थात ३० माइक्रोग्राम दिइँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय