साल्ट ट्रेडिङको २० प्रतिशत छुट लिन सामाजिक दूरीलाई बेवास्ता

साल्ट ट्रेडिङले बजार भाउभन्दा २० प्रतिशत कम मूल्यमा खाद्यान्न बिक्री गर्ने घोषणा गरेसँगै वितरण शाखाहरुमा ग्राहकको भीड लाग्ने गरेको छ। जेठ २३ देखि ग्राहकहरु सूर्यविनायक वितरण शाखामा बिहान ६ बजेदेखि लाईन बस्न आउने गरेका छन्।छुटको खाद्यान्न किन्न मानिसहरु सामाजिक दुरीको मतलबै नगरि लाईन बसिरहेका हुन्छन्।

किनमेलको समयमा बाटोमा समेत हिडडुल गर्नै डर लागेको स्थानीयले बताए।

स्थानीयले प्रहरीलाई फोन गरेर गुनासो गरे पनि प्रहरीले बेवास्ता गरेको आरोप लगाएका छन्।

‘कति सम्झाउनु, कति भनुँ सामाजिक दूरी कायम गरेर लाईन बस्नु भनेर, मान्दै मान्दैनन्,’ साल्ट ट्रेडिङका एक कर्मचारीले भने, ‘लाईन बसेकालाई सामान दिनु कि, लाईनमा हेरेर बसौं कि, आफू सुरक्षित भएर बस्नु?’

बिहान ७ देखि ९ बजेसम्म खाद्यान्न तथा तरकारी किनमेलका लागि सरकारले तोकेको छ। सो अवधिमा सूर्यविनायक चोकदेखि गणेश मन्दिर जाने बाटोमा मेला लागेजस्तै गरी मान्छेहरुको भीड देखिन्छ। सामाजिक दूरीको त पालना भएको छैन नै, मास्कसमेत नलगाइकन खुला हिडिरहेका देखिन्छन्। प्रहरी विटसँगै छ, तर प्रहरीले देखेनदेख्यै गरेजस्तो देखिन्छ।

तर जगाती वृत्तले भने प्रहरीको घुम्ति भ्यानसहित गएर स्वास्थ्य मापदण्ड अपनाउन सम्झाउने गरेको जनाएको छ।

साल्ट ट्रेडिङले एक व्यक्तिलाई पीठो प्रतिकेजी २२, चिनीप्रतिकेजी ६३, नुन प्रतिकेजी १६, भटमासको तेल प्रतिलिटर १८८मा बिक्री गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय