कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले ख्याल गर्नुपर्ने स-साना कुरा

कोरोना महामारीबाट विश्व नै आक्रन्त भनेको छ।

नियन्त्रणका कुनै संकेत देखिएका छैइनन्।

हाल महामारीको दोस्रो लहरले नेपाललाई गाँजिरहेको छ।

पछिल्ला केही अवधियता दैनिक औसतमा एक सयजनाले ज्यान गुमाइरहेका छन्।

हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार नाघिसकेको छ।

फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको संक्रमित तथा निधन हुने संख्या दोस्रो लहरमा बढिरहेको छ।

कोरोना भाइरसबाट तपाईँ आफू र आफ्नालाई सुरक्षित राख्न तल उल्लेखित सुझावहरुलाई पछ्याउनु होस् :

१. सबैभन्दा पहिला तपाईँले के बुझ्न जरुरी छ भने नजिकको दूरीमा यस भाइरस हावामार्फत संचारित हुन्छ । यस जानकारीको आधारमा तपाईँको हरेक कदममा सावधानीसहित सुधार आउन जरुरी छ ।

२. तपाईँ आरामका साथ बस्नुहोस् अनि पत्रपत्रिकामा छापिएका मृत्युको संख्यालाई राम्रोसँग बुझ्नुहोस् ।

 

३. स्वास्थ्य सेवा कार्यकर्ता वा स्वास्थ्यकर्मी भएको कारण के तपाईँ अन्य सामान्य मानिसको तुलनामा भाइरस संक्रमण वा जटिल समस्याको उच्च जोखिममा हुनुहुन्छ ? सायद हुनुहन्न ।

सबै जटिल समस्याहरु तपाईँको शरिरभित्र प्रवेश गरेको भाइरसको संख्याभन्दा पनि तपाईँको उमेरमाथि निर्भर रहन्छ । कोरोना भाइरसको लक्षण देखाएका तथा नदेखाएका संक्रमितहरुको ‘स्वाब’ परिक्षण गर्दा उनीहरुको शरिरभित्र प्रवेश भएका भाइरसको संख्यामा खासै ठूलो भिन्नता पाइएको छैन ।

४ खोक्दा वा हाछिँउ गर्दा मुख वा नाकबाट निस्कने -याल, खकार वा सिँगानबाट विभिन्न प्रकारका कणहरु बाहिर निस्कन्छन् जसमध्ये सबैभन्दा ठूलो छिटाको आकार ५–१० माइक्रोमिटरभन्दा ठूलो हुन्छन् र तौलको कारण यो कण ३–६ फिटभन्दा टाढा पुग्न सक्दैन । यस्तो खालको संचारलाई ‘ड्रपलेट ट्रान्समिशसन’ (छिटाको संचार) भनिन्छ । यस्ता साना छिटाहरु हावामा लामो समयसम्म रहन्छन् ।

अब डरलाई पन्छाउनुहोस् अनि रक्षात्मक उपायबारे शान्त तथा स्पष्टरुपमा सोच्नुहोस् ।

५. सबैभन्दा पहिला कुन अवस्थामा कस्तो मास्ककाे प्रयोग गर्ने भन्नेबारे स्पष्ट हुनुहोस् ।

अस्पतालको ओपिडीमा कार्यरत रहँदा वा बिरामीहरुको निगरानीमा वरपर टहल्दा सर्जिकल माष्कको प्रयोग गर्नुहोस् । त्यसैगरी, बिरामीहरुबाट र्‍याल वा सिँगानको छिटा निष्कने उपचारको विधी संचालनमा संलग्न हुँदा वा नजिकै रहँदा एन ९५ माष्क लगाउनुहोस् र आफ्नो शरिरबाट निष्कने छिटाको संचारलाई रोक्न समुदायमा भने सामान्य कपडाको माष्कको प्रयोग नै पर्याप्त हुन्छ ।

आफूसँग भएको श्रोतलाई प्रभावकारीरुपमा बुद्धिमताका साथ उपयोग गर्नुहोस् । अझ संकटको अवस्थामा तपाईँलाई यिनीहरुको आवश्यकता आवश्यक हुनसक्छ ।

सर्जिकल माष्कको प्रभावकारीतालाई अवमूल्यन नगर्नुहोस् । यि माष्कहरु इन्ट्युमेशन (मुखमाट नली छिराएर गरिने उपचार विधी) को लागि पनि प्रभावकारी पाइएको छ ।

७. फोन गर्दा वा उठाउँदा, साथीहरुसँग बोल्दा वा ओपिडीबाट बाहिर निष्कँदा लगाइरहेको माष्कलाई तल झार्ने काम नगर्नुहोस् । माष्कको प्रयोग गर्दा शास फेर्न कठिनाइ भयो भन्ने काम पनि नगर्नुहोस् (गाह्रो हुन्छ तर सम्झौता गर्नुपर्छ) ।

८. चिया पिउन वा अन्य कामका लागि माष्क खोल्न परेको अवस्थामा माष्कको तल्लो धागोमा समातेर निकाल्नुस् । माष्कको अगाडीको भागमा कहिल्यै नछुनुहोस् । माष्क फुकालेर अगाडीको भाग तलपट्टि पारी टिसु पेपरले छोपेर ड्रयरभित्र राख्नुहोस् । माष्क खोलेपछि वा फेरी लगाएपछि हातलाई राम्रोसँग सफा गर्नुहोस् ।

९. आफू र आफ्नो वरपरका सबैले माष्कको प्रयोग गरेको सुनिश्चित गर्नुहोस् । यदि तपाईँसँग कुरा गर्न तपाईँको नजिकको ब्यक्तिले माष्कलाई तल सारे (आरामको लामो साससहित) भने उनले अबको पाँच मिनेटभित्र हावामा तीन हजार कणहरु निकाल्न तैयार छन् भनेर बुझ्नुपर्छ । त्यसैले उनले त्यसो गर्नुअघि तपाईँ त्यहाँबाट हिँड्नु नै बुद्धिमानी हुन्छ ।

१०. नाक वा मुखलाई खुल्ला राखेर माष्कको प्रयोग गरिरहेका ब्यक्तिहरुको नजिक नजानुहोस् । उनीहरुसँग टाढैबाट संचार गर्नुहोस् ।

११. क्याण्टिन वा सामूहिक खाना खाने मेसमा नजानुहोस् । या त आफ्नो लागि छुट्टै खानेकुरा मगाउनुहोस् या आफ्नो लागि घरैबाट खाना बोकेर जानुहोस् र कोठामा अलग्गै बसेर खानुहोस् । आफ्ना नर्स वा अन्य स्वास्थ्यकर्मी साथीहरुलाई पनि कोठामा अलग्गै बसेर खानको लागि आग्रह गर्नुहोस् । खाना चपाउँदा कसैसँग पनि नबोल्नुहोस् ।

१२. हरेक बिरामीको स्याहारपछि हातको सरसफाइ तथा स्वच्छता कायम गर्नुहोस् । सहकर्मीहरुलाई आफूमाथि निगरानी राख्न अनुरोध गर्नुहोस् । भने तपाईँले पनि सहकर्मीहरुको अवस्थामाथि ध्यान दिइ आवश्यक प्रतिक्रिया दिनु होस् । उनीहरु संक्रमित नहुनु भनेको तपाईँ पनि सुरक्षित रहनु हो ।

१३. ओपिडी कक्षभित्र हावालाई बाहिर फ्याँक्ने किसिमको पंखा लगाउनु होस् भने कोठाभित्र हावाको भित्रीबाहिरी बहावलाई कायम राख्नुहोस् । एसीको तापक्रमलाई तपाईँले सहनसक्नेसम्मको उच्च राख्नुहोस् । शौचालयमा पनि हावालाई बाहिर फ्याँक्ने किसिमको पंखा लगाउनुहोस् ।

१४. कोरोना आँखाबाट शरिरभित्र छिर्ने हुनाले अस्पताल पुग्नासाथ आँखामा भिजर (आँखा छोप्ने यन्त्र) तथा फेश सिल्ड (अनुहार ढाक्ने यन्त्र) को प्रयोग गर्नुहोस् । आफ्नासहकर्मीहरुसँग कुरा गर्दा पनि यि यन्त्रहरु ननिकाल्नुहोस् ।

१५. सकेसम्म लिफ्टको प्रयोग नगरी भर्याङ चढ्नुहोस् । यदि लिफ्टको प्रयोग गर्नुपरेमा सामाजिक दूरीको पालना गर्दै भित्तातिर फर्कनुहोस् ।

१६. बिरामी, आफन्त तथा कुरुवाहरुलाई मास्क प्रयोग गर्न सधै कर गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय