बालबालिकाका लागि कोरोना खोपको क्लिनिकल परीक्षण सुरु

हेल्थपोस्ट नेपाल

भारत नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमबारदेखि बालबालिकाका लागि कोरोना भाइरस भ्याक्सिन ‘कोभ्याक्सिन’ को क्लिनिकल ट्रायलको स्क्रीनिङ चरण सुरु भएको छ।

यस चरणअन्तर्गत एम्समा १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। दिल्लीसहित एम्स पटनामा पनि क्लिनिकल ट्रायलको प्रक्रिया सुरु गरिएको छ।

एम्स पटनाका मेडिकल सुपरिटेन्डेन्ट प्रा सीएम सिंहले सुरुमा अस्पतालका ३ बच्चालाई भ्याक्सिन दिइएको बताए। क्लिनिकल परीक्षणका क्रममा २५ बालबालिकालाई खोप दिइएको छ। उनीहरुको स्वास्थ्यका बारेमा निगरानी गरिएको अधिकारीहरुले जनाएका छन्।

अमेरिका, क्यानडा, बेलायत, सिंगापुर र संयुक्त अरब इमिरेट्सजस्ता देशहरुले बालबालिकालाई कोरोना खोप लगाउन स्वीकृत दिइसकेका छन्। चीनमा कोरोनाभ्याक नामक भ्याक्सिन ३ वर्षभन्दा बढी उमेरका बालबालिकालाई लगाउन स्वीकृति दिइएको छ।

फाइजर र मोर्डनाजस्ता कम्पनीले पनि बालबालिकामा क्लिनिकल परीक्षण पुरा गरिसकेका छन्। बेलायतमा फाइजर बालबालिकामा लगाउन स्वीकृति दिइएको छ।

क्लिनिकल परीक्षण पूरा हुन अझै केही महिना लाग्ने बताइएको छ। ६ देखि ९ महिनासम्म बालबालिकाको स्वास्थ्य निगरानी गरिनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *