‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम सुरू हुँदै, यस्ता छन् स्वास्थ्यकर्मीका सेवा–सुविधा

सरकारले ‘एक चिकित्सक, स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ सञ्चालनसम्बन्धी कार्यक्रम लागू गर्ने तयारीमा छ।

सरकारले कार्यविधि गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक भएको थिएन।

मन्त्रालयले एक दर्जन भन्दा बढी अस्पतालमा असारबाट सो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यस्ता छन् स्वास्थ्यकर्मीका सेवा—सुविधा

कार्यक्रम लागु भएका अस्पतालहरुमा न्यूनतम सेवा मापदण्ड (मिनिमम सर्विस स्ट्यान्डर्ड–एमएसएस) अनुसार त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले पारिश्रमिक एवं सेवा सुविधा पाउने कार्यविधिमा उल्लेख छ।

जसअन्तर्गत अस्पतालहरुमा मिनिमम सर्विस स्ट्यान्डर्ड (एमएसएस) स्कोर ८० प्रतिशत वा सो भन्दा माथि भएमा वा पछिल्लो स्कोरमा २५ प्रतिशत आएमा १०० प्रतिशत भत्ता स्वास्थ्यकर्मीले पाउनेछन्।

एमएसएस स्कोर ६० देखि ८० प्रतिशत वा पछिल्लो स्कोर २० प्रतिशत बढी आएमा ७५ प्रतिशत भत्ता निर्धारण गरिएको छ।

एमएसएस स्कोर ४० देखि ६० प्रतिशत भएमा वा पछिल्लो स्कोर १५ प्रतिशत बढी आएमा ५० प्रतिशत र एमएसएस स्कोर ४० प्रतिशत भन्दा कम आएमा २५ प्रतिशत भत्ता पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, निःशुल्क स्वास्थ्य बिमा, निरन्तर व्यवसायिक क्षमता अभिवृद्धि तालिम र वार्षिक १ लाखदेखि १० लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ।

यो कार्यक्रम लागु भएका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्य अस्पताल र निजीमा प्रायाक्टिस गर्न निषेध गरिएको छ ।

सरकारी चिकित्सक संघले विगतमा भएका सहमति र सुझाव विपरित कार्यविधि आएको भन्दै त्यसको विरोध गरेको छन्।

यस्तो छ कार्यविधि :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय