अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्ति, संस्था तथा निकायहरुले लगेका अक्सिजन सिलिण्डर भर्नका लागि तुरुन्त उद्योगहरुमा उपलब्ध गराइदिन अनुरोध गरेको छ।

महामारीको समयमा अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर फिर्ता गर्न मन्त्रालयले निर्देशन दिएको हो।

त्यस्तै मन्त्रालयले सबै अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिण्डरहरु भरेर राख्न पनि सूचित गरेको छ भने अक्सिजन प्लान्ट वा ट्यांकहरु मर्मत तथा जडान गरी जतिसक्दो चाँडो पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न भनिएको छ।

त्यस्तै अक्सिजन जस्तो औषधिको रुपमा प्रयोग हुने विषयलाई अनावश्यकरुपमा वितरण र प्रयोगलाई प्रोत्साहन गरी मानिसको ज्यानै जाने जोखिम हुने खालका काम नगर्न नराउन पनि सबैलाई सचेत गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय