टेक्सस नेप्लिज मेडिकल एशोसिएसनले सहयोग गर्यो स्वास्थ्य सामाग्री

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ जेठ २५ गते १२:०९

अमेरिकाको टेक्सस नेप्लिज मेडिकल एशोसिएसनसँग जोडिएका चिकित्सकले नेपालमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।

कोरोना महामारीको रोकथाम तथा उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीको लागि स्वास्थ्य साम्रागी उपलब्ध भएको नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. शिव श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त सामाग्री गोरखाको पालुङटार, अर्घाखाची अस्पताल,गुल्मी अस्पताल, पर्वत वेहादी हेल्थ पोस्ट, जीपी कोइराला रेस्पोरेटरी सेन्टर, तनहुँ तथा म्यादी अस्पतालमा वितरण गरिएको छ।

सर्जिकल मास्क तथा ग्लोब्स, पल्स अक्सिमिटर, फेस सिल्ड तथा पिपिई करिब ३ लाख ५० हजार बराबरको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय