भारतमा ६३ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित, १ लाख तल झर्‍यो संख्या

भारतमा पछिल्लो केहीदिनयता दैनिक कोरोना संक्रमणदर घट्न थालेको छ। लगातार घटिरहेको संक्रमण ६३ दिनपछि एकलाखभन्दा तल झरेको छ।

आज बिहान पछिल्लो २४ घण्टाको दैनिक संक्रमण ५ अप्रिलपछि सबैभन्दा कम देखिएको हो।

भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४९८ नयाँ संक्रमित फेला परेका छन्। गत ५ अप्रिलमा यो संख्या ९६ हजार ५५७ रहेको थियो।

भारतमा संक्रमितको संख्यामात्रै होइन मृततको संख्यामा पनि कमी आइरहेको छ। पछिल्लो २४ घण्टामा २ हजार १२३ संक्रमितको मृत्यु भएको छ।

यससँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ४७३ पुगेको छ भने मृतकको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ हजार ४६२ रहेको छ। हाल भारतमा १३ लाख ३ हजार ७०२ सक्रिय संक्रमित रहेका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय