कोरोना संक्रमणबाट नर्स विनिता राईको निधन

कोरोना संक्रमणबाट नर्स विनिता राईको निधन भएको छ।

३७ बर्षिय राईको उपचारको क्रममा जेठ २० विजयपुर अस्पतालमा निधन भएको हो।

राईले सन् २००८ मा हिमालय नर्सिङ क्याम्पस ललितपुरबाट पिसिएल, सन् २०१३ मा विराट हेल्थ कलेज तथा रिसर्च सेन्टरबाट बीएन गर्नुभएको थियो भने राजीव गान्धी यूनिभर्सिटिबाट एमएन गरेकी थिइन।

संघको कोषाध्यक्ष कल्पना श्रेष्ठको अनुसार राई केही समय अगाडी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन।

अध्ययनको क्रममा उनी नर्सिङ सेवाबाट बाहिर थिइन्।

राईको निधनप्रचि दुख व्यक्त गर्दै नेपाल नर्सिङ संघले सोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। ।

कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको निधन हुने संख्या बढ्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय